Saturday, 1 October 2016

फेसबुक कमेन्ट गर्दा होस् गर्नुस्, प्रहरी कारबाहीमा पर्नुहोला

काठमाडौं । प्रहरीले सामजिक सञ्जालमा अपशब्द प्रयोग नगर्न सबैलाई सचेत गराएको छ । नेपाल प्रहरीको अपराध अनुसन्धान विभागले विज्ञप्ति जारी गरी समाजिक सञ्जालमा अश्लिल, अपशब्द र अनावश्यक कमेन्टको प्रयोग बढ्दै गएको र पीडितहरुबाट आफ्नो इज्जत तथा प्रतिष्ठामा प्रतिकुल असर परेको गुनासो आएको बताएको छ ।

‘फेसबुक, ट्वीटर जस्ता सबै खाले समाजिक सञ्जाल वा विद्युतीय माध्यमको दुरुपयोग गरी व्यक्ति, शंस्थाको इज्जत, प्रतिष्ठामा आँच पुर्‍याउने खालका कमेन्ट कोही कसैबाट नहुनरनगराउन हुन अनुरोध गर्छौं’ अपराध अनुसन्धान विभागले भनेको छ ।

यदि कसैको इज्जत प्रतिष्ठामा असर पर्ने अभिव्यक्ति दिएमा कानुन बमोजिम कडा कारबाही हुने प्रहरीले बताएको छ ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us