Friday, 14 October 2016

आइसीसी महिला विश्वकप क्रिकेट: नेपालसँग चीन ४ विकेटले पराजित

काठमाडौं ।आइसीसी महिला विश्वकप क्रिकेटको एसियाली छनौट अन्तर्गत शनिबार बिहान भएको आफ्नो अन्तिम खेलमा नेपालले चीनलाई चार विकेटले हराएको छ। 

चीनले प्रस्तुत गरेको ८६ रनको लक्ष्य नेपालले १७ दशमलव ३ ओभरमा ६ विकेटको क्षतिमा भेट्टायो। नेपालकी नेरी थापाले २२, सीता राना मगरले २०, रुबिना बेलबासेले नटआउट १३ तथा इन्दु वर्माले १० रन बनाइन्। 

मिसन रोड मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको चीनले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा ८५ रन बनाएको थियो। नेपालकी रुबिना क्षेत्रीले दुई तथा निर्मला कुमारी शाही र करुणा भण्डारीले समान १–१ विकेट लिए। 

पहिलो चरणको खेलमा नेपालले चीनलाई २० रनले हराएको थियो । शुक्रबार थाइल्याण्डसँग हारेसँगै नेपाल प्रतियोगिताबाट बाहिरिसकेको छ। प्रतियोगितामा ८ अंकसहित शीर्ष स्थानमा रहेको थाइल्याण्ड विश्वकप छनौट चरणमा पुगिसकेको छ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us