Tuesday, 4 October 2016

भारत पाकिस्तान परमाणु युद्ध भए एकै छिनमा २ करोड १० लाख मानिस मर्ने

काठमाडौं । भारत–पाकिस्तानवीच बढ्दो तनावले गर्दा दुई देशबीच भयानक युद्ध हुने खतरा बढेको छ । दुवै देशबीच युद्ध भएमा संसारले नै ठूलो मुल्य चुकाउनुपर्ने देखिन्छ ।

यदि युद्ध भयो र दुवै देशले आफुसँग भएका आधा मात्र परमाणु बमको प्रयोग गरे भने, भारत र पाकिस्तानमा एकै झट्कामा दुई करोड १० लाख मानिस मर्नेछन् । यसको असर छिमेकी अरु देशमा मात्र होइन, आधा विश्वमा पर्नेछ ।

भारतीय हिन्दी न्यूज च्यानल न्यूज २४ मा उल्लेख भएअनुसार, भारत र पाकिस्तानसँग जति परमाणु बम छन, उनीमा हरेक बम हिरोशमामा फालेको १५ किलोटन बम बराबर छन् । यी बम जव जमिनमा झर्छन्, यसको गर्मी, आगो र रेडियशनबाट करौडो मानिस मर्ने खतरा बढेको छ । त्यसपछि बाचेका मानिसहरुका लागि पनि जीवत रहन त्यति सजिलो हुने छैन । भोपाल ग्यास चुवाहटको ३० बर्षपछि पनि विरामी देखिएका छन् । परमाणु बमको असर त, धेरै रहन्छ ।

बमको रेडियसनको असरले मानिसहरु तडपाउने मात्र छैनन्, मानिसहरुको निकै दूखद मृत्यु हुनेछ । बैज्ञानिकको कुरा मान्ने हो भने यति धेरै रेडियशनबाट वायुमण्डलमा ओजोन बर्बाद हुन्छ । वायुमण्डलमा ओजन बर्बाद हुनुको अर्थ हुन्छ, हावामा त्यो ग्यास खत्तत हुनेछ, जसले मौसम बदलिदिन्छ । अर्थात आधा विश्वमा चिसो–तातो मौसमको सिलसिला बन्द हुनेछ । यस्तोमा चिसोले संसारका आधाभन्दा बढी रुख विरुबा मर्न सक्छन् ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us