काठमाडौं । दुबर्य लैजाने भन्दै एक नेपाली महिलालाई ओमान पुर्याएर बिक्री गरिएको छ । चरम यातना पाएकी ती महिलालाई बेचिएको ६ महिनापछि महानगरीय अपराध महाशाखाले उद्धार गरेको छ ।
काठमाडौंकी ३५ वर्षीय रुविना शर्मा ९नाम परिवर्तन०लाई मानवतस्करीमा संलग्न गिरोहले १८ हजार दिराम अर्थात करिब पाँच लाख रुपैयाँ बिक्री गरेको प्रहरीले बताएको छ ।
चार दिनअघि उनको उद्धारसँगै प्रहरीले एक एजेन्टलाई पनि पक्राउ गरेको छ । उनलाई नक्कली कागजपत्र बनाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै ओमान पुर्याइएको हो । प्रहरीका अनुसार रुविनाले घरेलु कामदारका रुपमा करिब ५ महिना काम गरेकी थिइन् ।
दुई महिनाको मात्र तलव पाएको र घरमा अशुसरह व्यवहार भएको थाहा पाएपछि उनको परिवारले प्रहरीमा उजुरी गरेको थियो ।