Tuesday, 4 October 2016

माओवादी लडाकुको भ्रष्टाचारमा अनुसन्धान थालेका लोकमानसिंह कार्की एकाएक किन गए भारत ?

काठमाडौं । क्यानाडाको निर्धारित भ्रमण सकेर नेपाल आउनु पर्नेमा कार्यक्रम परिवर्तन गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्की भारत पुगेका छन् । क्यानाडामा कार्कीले त्यहाँको भ्रष्टाचार सम्बन्धी अनुसन्धान गर्ने सरकारी निकायका प्रमुखसँग भेटघाट लगायत छलफलमा भाग लिएका थिए । 

क्यानाडा जानुअघि सार्वजनिक गरिएको कार्यक्रममा भारत यात्रा उल्लेख नभएकाले उनको एकाएक भारत यात्रालाई अर्थपूर्ण रुपमा हेरिएको छ । अख्तियार प्रमुखमा कार्कीको नियुक्ति हुनुमा भारतीय एजेन्सीहरुको हात रहेको काठमाडौंमा ओपनसेक्रेट जस्तै छ । 

क्यानाडा जानुअघि अचानक पत्रकार सम्मेलन गरी माओवादी लडाकु शिविरको चार अर्व ४७ करोड भ्रष्टाचारबारे छानविन थालेको वताउने अख्तियारले आज १८ दिन वितिसक्दा पनि अभियुक्तहरुलाई पत्र पुर्याएको छैन । पत्र काटिसकेको जानकारी भने उतिबेलै अख्तियारले दिएको थियो । कार्कीको भारत भ्रमण गोप्य राख्दै उनका निम्ति थप विदा स्वीकृत गराउने काममा अख्तियार अधिकारीहरु सक्रिय रहेको बुझिएको छ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल भारत भ्रमणमै रहेका बेला दाहालको मुख्य संलग्नता रहेको लडाकु शिविर भ्रष्टाचारको फाइल खुलेपछि नेपाल फर्केर दाहालले छानविन नगर्नेबारे अख्तियार प्रमुख कार्कीसँग आफूले सेटिङ मिलाइसकेको जानकारी पार्टी बैठकमा गराएका थिए । त्यसैको भोलिपल्ट बीबीसी नेपाली सेवासँग कुरा गर्दै दाहाल निकट माओवादी नेता हरिबोल गजुरेलले दाहालको उक्त भनाईको थप पुष्टि गरेका थिए । 

यता सर्बोच्च अदालतले कार्कीको नियुक्ति सम्बन्धी मुद्दाको पुनरावलोक सुरु गर्नु, प्रधानमन्त्री दाहालले आफ्नो भ्रष्टाचार र अख्तियार–अदालतबीच सेटिङ मिलाइसकेको घोषणा गर्नु र अख्तियार प्रमुख कार्की अचानक भारत पुग्नु संयोग मात्र होइन । नेपालको आगामी राजनीति राजनीतिक घटनाक्रम थप पेचिलो बन्ने संकेत यसले दिएको छ ।    

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us