काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएन)ले लागि गोरखाको लाप्राकका भूकम्प पीडितहरुका बनाउन लागेको लागेको एकीकृत नमूना वस्तीको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार शिलान्यास गरेका छन् ।
एनआरएनले गत वैशाख १२ को भूकम्पबाट घरबारविहीन भएकाहरुका लागि सबै सुविधायुक्त एक हजार नमूना घर बनाइदिने घोषणा गरेको थियो । त्यसका लागि ३५ करोड रुपैयाँ खर्च हुने अनुमान छ ।
एनआरएनको गुरुयोजना अनुसार लाप्राकको गुन्सीपाखामा सुविधायुक्त ४४४ घरको नमूना बस्ती बनाइने छ र त्यहाँ लाप्राकका भूकम्प पीडितहरुलाई पुनर्बास गराइने छ । एनआरएनले ६१२ घर बनाउन चाहेको छ । तर, जग्गा अपुग भएकाले अहिले ४४४ बन्नेछ भने बाँकी १५० घरका लागि नयाँ ठाउँ खोजिनेछ ।
राष्ट्रपतिको उपस्थितिमा पुनर्निर्माण प्राधिकरण र एनआरएनबीच नमूना वस्ती निर्माणको सम्झौता भएको थियो ।
कस्तो बन्नेछ घर
अध्यक्ष घलेका अनुसार नमूना बस्तीमा गैरआवासीय नेपाली संघले ४४४ घर आधुनिक घर निर्माण गर्नेछ । एकीकृत बस्तीमा विद्यालय, स्वास्थ्य संस्था, सामुदायिक भवन, स्थानीय जाति, जनजातिको भेषभुषा, संस्कृति र रहनसहन झल्कने एवं प्राकृतिक स्वरुप कायम हुने खालका घरहरुमा बनाइनेछ ।
एकीकृत वस्तीमा बन्ने संग्रहालयमा पानी घट्ट, जाँतो, ढिकी, लाइभ प्रोग्राम देखाउन मिल्ने हल, परम्परागत बस्तु र संस्कारबारे सामग्री, मन्दिर, देवल पनि हुनेछन् । साथै सोलार इनर्जी, अपांगमैत्री संरचना हुनेछन् ।
बस्तीमा होमस्टे, सामुदायिक गेष्ट हाउस समेत निर्माण गरी व्यक्तिगत र संस्थागत आम्दानीको स्रोत जुटाइने संघका अध्यक्ष घलेले बताए । घर निर्माणका लागि प्रतिघर ९ देखि १० लाख लागत लाग्ने छ ।