Wednesday, 5 October 2016

गोविन्द केसीको आन्दोलनमा समर्थन गर्दै स्वास्थ्य मन्त्री गगनले मागे केसीको जीवन रक्षाका लागि सहयोग

काठमाडौं । स्वास्थ्य मन्त्री गगनकुमार थापाले अनशनमा बस्नुभएका प्राध्यापक डा गोविन्द केसीको जीवनरक्षाका निम्ति सहयोग गर्न सांसदहरुसँग आग्रह गर्नुभएको छ ।

नेपाली काँग्रेसका युवानेतासमेत रहेका मन्त्री थापाले स्वास्थ्य मन्त्रालयभित्र गलत कुरा हुन नदिने भनेर आफूले डा केसीसँग अनशनमा नबसिदिन आग्रह गरेको स्मरण गराउनुभयो ।


मन्त्री थापाले भन्नुभयो—“त्रिभुवन विश्वविद्यालयको डिनको नियुक्तिको विषय टुङ्गिन सकेमा डा केसीको अनशन अन्त्य हुन सक्छ ।” एक प्रश्नमा उहाँले सरकारले संवैधानिक निकायका प्रमुखविरुद्ध महाअभियोग लगाउन नमिल्ने र चाहेर पनि केही नहुने बताउँदै डा केसीले उठाएका मागको पक्षमा सांसदका रुपमा आफ्नो समर्थन भने रहेको दोहो¥याउनुभयो ।

“यो विषयमा छलफल चलाउनुपर्छ भनेर आफूले संसद्मा बोलेको हो, तर आज आफू फरक क्षमतामा छु”, मन्त्री थापाले भन्नुभयो । स्वास्थ्य क्षेत्रमा सुधारको माग गर्दै त्रिविवि शिक्षण अस्पतालका प्राध्यापक डा गोविन्द केसी हाल अनशनमा बसिरहनुभएको छ ।  स्वास्थ्य मन्त्री थापाले डा.गोविन्द केसीको आन्दोलनमा आफु पनि सँगै रहेको प्रष्ट पार्नुभएको छ 

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us