Wednesday, 5 October 2016

दशैको मौका छोपी खसी भनेर बाख्री काट्दै गरेका ११ जना प्रकाउ ,३ क्विन्टल मासु बरामद

चितवन । खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ११ जनालाई आज चितवन प्रशासनले प्रकाउ गरेको छ । जिल्ला प्रशासन कार्यालय चितवनको नेतृत्वमा विहानै ४ बजे बजार निस्केको अनुगमन टोलीले भरतपुर र नारायणगढका ९ वटा पसलबाट ११ जनालाई प्रकाउ गरेको जिल्ला प्रशासन कार्यालय चितवनका बजार संरक्षण अधिकृत ओमनारायणशर्मा ढुगांनाले जानकारी दिए ।

३ क्विन्टल अस्वस्थ मासु बरामद गरिएको छ । प्रकाउ परेकामध्ये केही बाख्री काट्दै गरेको केहीको रोग लागेका कुखुरा काट्दै गरेको अवस्थामा भेटिएको बजार संरक्षण अधिकृत ढुगांनाले बताए । बाख्री र खसी एकै ठाउंमा काट्दै गरेको भेटियो, उनले भने, केही मर्न लागेका कुखुरा काटेको पनि पाइयो । अस्वस्थ झण्डै ३ क्विन्टल मासु बरामद गरिएको छ । 

बाख्री काटेको ठाउंमा मासु किन्न गएका  चितवनको भेटघाट रेष्टुरेन्टका कर्मचारी समेत भेटिएको  उनले बताए ।  प्रकाउ गरिएकालाई अहिले जिल्ला प्रहरी कार्यालय चितवनमा राखिएको छ । प्रमुख जिल्ला अधिकारी बिनोदप्रकाश सिंहले उनीहरुलाई कालोबजारी र खाद्य खाद्य ऐन नियम अनुसार कारवाही गरिने बताए ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us