Sunday, 2 October 2016

‘ओभरटेक’ गर्न खोज्दा हेम्जामा बस दुर्घटना, दुईको मृत्यु, २५ जना घाइते

पोखरा । काठमाडौंबाट बाग्लुङको बुर्तिबाङ गइरहेको एउटा रात्री बस पोखरा २७ हेम्जाको याम्दी पुल नजिकै सोमबार बिहान दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गुल्मी नेटाका अतिस अर्याल र मनरुपा अर्याल रहेको प्रहरीले जनाएको छ । ग।१ ख।६१६९ नम्बरको उक्त बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन् ।

घाइते मध्ये केहिको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । पोखराबाट बाग्लुुङ तर्फ नै गइरहेको अर्को एक बसलाई ओभरटेक गर्ने क्रममा बस अनियन्त्रित भई दुर्घटना भएको स्थानियबासीले जानकारी दिएका छन् ।

घाइतेहरुलाई उपचार लागि पोखराको मणिपाल शिक्षण अस्पताल र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको छ ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us