Thursday, 20 October 2016

मोटरसाइकल चढ्ने सपना पूरा गर्न ७२ वर्षीय वृद्ध एक्लैले खने २ किमि सडक

काठमाडौं । दाङका एक ७२ वर्षीय वृद्धले मोटरसाइकल चढ्ने सपना पूरा गर्न २ किमि सडक निर्माण गरेका छन् । वृद्धले एक्लै रातदिन कुटो कोटालो गरेर राजमार्गदेखि घरसम्मको २ किमि बाटो निर्माण गरेका हुन् ।  दाङ तुलसीपुरका ७२ वर्षीयढ चन्द्रवीर वलीले यस्तो उदाहरणीय कार्य गरेका हुन् ।

एक वर्ष लगाउर उनले राप्ती राजमार्गको साततलेदेखि आफ्नो घरसम्म सडक खनेका छन ।पहिले देखि आफूमा घरसम्म मोटरसाइकल लैजाने सपना पूरा गर्न यो कार्य गरेको उनले बताए ।

उनका सात सन्तान दृष्टिविहीन छन् । दृष्टिविहीन सन्तानलाई घरसम्मको यात्रामा सहज हुने वलीको अपेक्षा छ ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us