काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह दसैंको अवसरमा पूजा आजामा सक्रिय हुँदैछन् ।
जमरेऔंशीको भोलिपल्ट गणेश मन्दिरको पूजाआजाबाट पूर्वराजा ज्ञानेन्द्रको धार्मिक अभियान सुचारु हुनेछ । ‘आज उहाँले गणेश मन्दिरमा पूजाआजा गरिबक्सने कार्यक्रम छ,’ पूर्वराजाका निजी सचिव फणिराज पाठकले ‘अष्टमीका दिन विभिन्न शक्तिपीठहरुमा पूजाअर्चना गरिबक्सनेछ ।’
पाठकका अनुसार अष्टमीका दिन पूर्वराजा ज्ञानेन्द्रले मैतीदेवी, ज्ञानेश्वर लगायत एक दर्जनजति शक्तिपीठको दर्शन गर्ने कार्यक्रम छ ।
त्यसैगरी विगतका वर्षहरुमा जस्तै टीकाका दिन पूर्वराजाले निर्मल निवासमा सर्वसाधारणलाई टीका लगाउने कार्यक्रम रहेको पाठकले बताए ।
यसैवीच पूर्वयुवराज पारस शाह र उनकी धर्मपत्नी हिमानीवीच सम्बन्ध सुध्रिन थालेको संकेत देखिएको छ । बैंककबाट फर्किएर आएपछि पनि केही समय अलग्गै बस्दै आएका पूर्वयुवराज पारस शनिबार हिमानी ट्रष्टको कार्यक्रममा सहभागी भए । सोल्टी होटलमा आयोजना गरिएको सो कार्यक्रममा नाचगानसमेत भएको थियो ।
उक्त कार्यक्रमबारे पाठकले भने ‘सो कार्यक्रम हिमानी ट्रष्टले गरेको हो । र, ट्रष्टले सो कार्यक्रम भूकम्पपीडितहरुका लागि फण्ड जुटाउन आयोजना गरेको थियो ।