काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको टोलीले राजधानीको नक्सालमा रहेको अनमोल स्वीट्स हाउसमा शिलबन्दी गरेको छ । खाद्य तथा गुण नियन्त्रण विभागको टोलीले बुधबार स्वीट्सको किचनमा भुसुना देखिएको भन्दै शिलबन्दी गरेको हो । विभागका सह–प्रवक्ता मदन चापागाईंले भने, ‘अनुगमनका क्रममा अनमोल स्वीट्स भण्डारको मिठाइमा भुसुना भेटियो ।’
सँगै स्वीट्सको भान्सा कोठा अत्यत्त दुर्गन्धित भएको भेटिएको छ । ‘मिठाई र पानीपुरीमा साङ्ला समेत परेको भेटियो,’ चपागाईंले भने, ‘उक्त भण्डारको भान्सा कोठा दुर्गन्धित र फोहोरमय अवस्थामा भेटिएपछि विभागले अनिश्चितकालका लागि शिलबन्दी गरेको छ ।’
उनका अनुसार मिठाइमा प्रयोग हुने कच्चा पर्दा समेत म्याद नाघेको र गुणस्तरहिन अवस्थामा भेटिएको छ । उक्त व्यापारिक प्रतिष्ठानमा चार वर्ष अघि पनि गुणस्तरहिन मिठाई उत्पादन भएको भेटेपछि सरकारले शिलबन्दी गरेको थियो ।