काठमाडौं । हामी दिउँसोको समयमा सुत्नुलाई ‘अल्छीपना’को संज्ञा दिन्छौं । तर, दिउँसो सुत्नु साँच्चै अल्छीपना नै हो त रु हो भने एकछिन विचार गरौं त १ तपाईंको आसपासमा रहेका बिरालो तथा कुकुर पनि दिनमा कयौं पटक निदाइरहेका देखिन्छन् । तर, उनीहरु जत्तिको फुर्तिला पनि अरु कोही हुँदैनन् ।
शरीरलाई जसरी खाना र पानीको आवश्यकता पर्छ, त्यति नै आरामको पनि खाँचो हुन्छ ।
अहिलेको व्यस्त जीवनमा हामी दिनभर भागदौड गर्छौं, तर शरीरले त्यस अनुसारको आराम नपाउँदा थकान महसुस हुन्छ । जसले गर्दा हाम्रो शरीर थकित हुनुका साथै दिमाग बोधो हुन पुग्छ र सोच्ने शक्ति क्षीण हुँदै जान्छ ।
त्यसको ठीक विपरीत कहिलेकाहीँ जब हामी दिउँसो सुत्छौं, त्यतिबेला हामी आफूलाई फुर्तिलो महसुस गर्छौं । यसको अर्थ दिनमा केही क्षण सुत्नु अल्छीपना नभएर यसले तपाईंको स्वास्थ्यमा फाइदा पुर्याउँछ ।
त्यसो त हाम्रो काम तथा व्यस्तताका कारण दिउँसोको समयमा सुत्नु त्यति सजिलो छैन । तर, शरीरले आराम खोजेको बेला आराम दिनुले पक्कै पनि महत्व राख्छ ।