Friday, 14 October 2016

सुनको सिक्का खोज्न गाउँलेहरु धमाधम ढिस्को खोस्रदैं

राजस्थान ।  भारतको राजस्थानस्थित मालपुराको एउटा गाउँमा गाउँलेहरु सुनको सिक्का खोज्न भन्दै दिनरात ढिस्को खोस्रन थालेका छन् ।

तीन दिनदेखि जानकीपुरामा सुनको सिक्का खोज्न सर्वसाधारणहरु ढिस्को खोस्रने र खाल्डो खन्न व्यस्त छन् । ठाउँठाउँमा खाल्डो खन्ने क्रम बढेसँगै खाडलमा पुरिएर मानवीय क्षति हुन सक्ने सम्भावना बढेको स्थानीय प्रशासनको भनाइ छ ।

भारतीय संचारमाध्यमहरुका अनुसार बुधबार राति एकजनाले मालवाहक साधनमा माटो भरेर लैजान लागेको अवस्थामा स्थानीयले देखेका थिए । उनीहरुले माटो लैजाने व्यक्तिलाई त्यहाँबाट लखेटेका थिए ।

स्थानीयका अनुसार भाग्यमानीले सो क्षेत्रमा सुनको सिक्का फेला पर्ने हल्ला चलेपछि सिंगो गाउँ भेला भएर धमाधम ढिस्को खोस्रने र खाडल खनेर सिक्का खोज्ने क्रम बढेको हो । तर अहिलेसम्म सिक्का फेला परेको दाबी गर्ने कोही उपस्थित नभएको भारतीय संचारमाध्यमले जनाएका छन् ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us