Saturday, 1 October 2016

कुर्सी टिकाउन प्रचण्डले भारतसँग राष्ट्रघाती सम्झौता गरेको आरोप लगाउदै किन गहभरी आँसु बनाए बाबुरामले ?

भक्तपुर । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा.बाबुराम भट्टराईले सत्ता र कुर्सी टिकाउन प्रधानमन्त्री पुष्पकमल दाहालले भारतसँग राष्ट्रघाती सम्झौता गरेको आरोप लगाएका छन् ।

नयाँ शक्ति पार्टी नेपाल जिल्ला परिषद् भक्तपुरद्वारा शनिबार यहाँ आयोजित शुभकामना आदानप्रदान एवम् चियापान कार्यक्रममा उनले भने — ‘भारतसँग भएको २५ बुँदे सम्झौता देशको हितविपरित रहेको छ ।’

संयोजक डा.भट्टराईले भारतसँग सम्झौता भएको दिन आफूलाई निन्द्रा नलागेको चर्चा गर्दै भने ‘प्रधानमन्त्रीले भारत भ्रमणमा २५ बुँदे सहमति गरी सार्वजनिक गर्दा मलाई रातभर निन्द्रा लागेन, प्रधानमन्त्रीले भारतसँग गरेको राष्ट्रघाती सम्झौताले मलाई पिरोलिरहेको छ ।’

सत्ता र कुर्सी टिकाउन विदेशीसँग सम्झौता गर्नुपर्ने अवस्था आइरहेमा देश विदेशीको गम्भीर कुचक्रमापर्ने बताउँदै उनले यस्तो प्रवृत्तिको अन्त्य गर्न संविधान संशोधन गरेर कार्यकारी राष्ट्रपतिको व्यवस्था गर्नुपर्नेमा जोड दिए ।


संयोजक डा. भट्टराईले भारतसँग सम्झौता भएको दिन आफूलाई निन्द्रा नलागेको चर्चा गर्दै भने ‘प्रधानमन्त्रीले भारत भ्रमणमा २५ बुँदे सहमति गरी सार्वजनिक गर्दा मलाई रातभर निन्द्रा लागेन, प्रधानमन्त्रीले भारतसँग गरेको राष्ट्रघाती सम्झौताले मलाई पिरोलिरहेको छ ।’


डा.भट्टराईले भारतसँग भएको २५ बुँदे सहमति गम्भीर भएर अध्ययन गर्न आम नेपाली नागरिकलाई आग्रह गर्दै भने ‘भारतसँग भएको २५ बुँदे सहमतिमा के के छन्, भन्ने आमनागरिकलाई थाहा छैन, त्यसलाई गम्भीर भएर अध्ययन गर्नुहोस् ।’

सम्झौता भएका बुँदामध्ये ६, १०, ११, १२, १३, १४ र २० बुँदा राष्ट्रियहित विपरित भएको जिकिर गर्दै उनले नेपाललाई भुटानीकरण गर्न प्रधानमन्त्रीले सहमति जनाएको आरोप लगाए ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us