काठमाडौं । मंगलबार अभिनेत्री निशा अधिकारीको जन्मदिन । फ्लोरमा रहेको फिल्म कुम्भकरनुको सेटमा नै निशाले ३० औं जन्मदिन मनाउँदै छिन् । पश्चिम नेपालको प्यूठान जिल्लामा अहिले फिल्मको गीतको छायाँकन चलिरहेको छ ।
कुम्भकरणु पश्चात फिल्म रोमियोुमा अनुबन्ध भएकी निशाले जन्मदिनमा आफ्नो नामको पछाडी मल्ल थर थप्दा धेरैलाई कौतुहलता बढेको छ । यो विषयमा निशा निकट पारिवारिक श्रोतलाई बुझ्दा उनले आफ्नो आमाको थर मल्ल भएको कारण जन्मदिने आमाको सम्मानमा निशा अधिकारीसँगै मल्ल पनि जोडेको बुझिएको छ ।
सामाजिक सञ्जाल फेसबुकमा निशाले मल्ल थप्दै ुनिशा अधिकारी मल्लु बनाएकी छन् । सगरमाथा चढेर किर्तिमानी अनि बहादुर अभिनेत्रीको छाप छाडेकी निशाले विश्वको सर्वाधिक उचाईमा पुग्नुलाई उच्च सफलता बताउँदै आएकी छिन् ।
फर्स्ट लभ डेब्यू अभिनेत्री कुशल अभिनय कलाकी धनि छिन् । कहिले प्रेम त कन्ट्रोभर्सीका कारण चर्चामा रहने यी अभिनेत्री मिडियामा प्रायः छाईरहनेको सुचीमा पर्छिन् ।