Friday, 14 October 2016

एकैदिन ६२ हजार मानिस काठमाडौं भित्रिए, भरिभराउ हुदैँ काठमाडौं

काठमाडौ । राजधानी बाहिर दशैं मनाएर काठमाडौँ र्फकनेहरुको संख्यामा शुक्रबारदेखि हृवात्तै बृद्धि भएको छ । शुक्रबार बिहानमात्रै ६२ हजारभन्दा बढी मानिसहरु काठमाडौं भित्रिएका छन् ।

ट्राफिक कन्ट्रोलका अनुसार शुक्रबार विहान ९ बजेभित्र ८ हजार २ सय २२ वटा सवारी साधन राजधानी भित्रिएका छन् । ती साधनबाट करिब ६२ हजार ५ सय यात्रुहरु राजधानी प्रवेश गरेका छन् ।

त्यसो त दशैं सकिन लाग्दा राजधानीबाट बाहिरिनेहरुको संख्या पनि उल्लेख्य नै देखिएको छ । शुक्रबार मात्रै करिब ४२ हजार यात्रुहरु राजधानीबाट बाहिरिएको ट्राफिक प्रहरीको तथ्यांक छ ।

शुक्रबार दिनभरमा करिब १ लाखभन्दा बढी यात्रुहरु राजधानी प्रवेश गर्ने ट्राफिक प्रहरीको अनुमान छ । तथ्यांक अनुसार हिजो बिहीबार दिनभरिमा करिब ६२ हजार मात्रै यात्रु राजधानी प्रवेश गरेका थिए ।

यस्तै टीकाको दिन २५ हजार यात्रु राजधानी प्रवेश गरेका थिए भने १७ हजार यात्रु राजधानीबाट बाहिरिएका थिए । टीकाको भोलीपल्ट अर्थात असोज २६ गते करिब २६ हजार यात्रुहरु राजधानी भित्रिएका थिए भने सो दिन २९ हजार यात्रु राजधानी छोडेर बाहिरिएका थिए ।

ट्राफिक कन्ट्रोलका अनुसार शुक्रबार बिहानैदेखि राजधानी भित्रिने सवारी साधन र यात्रुको संख्या हृवात्तै बढेको हो । नागढुंगा प्रहरीका अनुसार भोलि शनिबार राजधानी भित्रिने यात्रुको चाप सबैभन्दा बढी हुनेछ । शनिबार कोजाग्रत पूणिर्मा भएकाले दशैंको छुट्टी सकिने र आइबार कार्यालयहरु खुल्ने भएकाले शनिबार राजधानी भित्रिने मानिसहरुको चाप बढ्ने प्रहरीको भनाइ छ ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us