काठमाडौं । स्वास्थ्य मन्त्रालयले आगामी तीन महिनाभित्र रिक्त रहेका ४ सय ८५ पदमा विशेष चिकित्सकको परिपूर्ति गर्ने भएको छ। मन्त्रालयले तत्काल करारमा भएपनि ती चिकित्सक जनशक्ति छनौट गरी मातहतका अस्पताल तथा स्वास्थ्य संस्थामा पठाउने तयारी गरेको स्वास्थ्य मन्त्री गगनकुमार थापाले जानकारी दिए।
समग्र स्वास्थ्य सुधारसम्बन्धी आफ्नो अति महत्वाकाङ्क्षी योजना सार्वजनिक गर्ने क्रममा उनले रिक्त स्थानमा विशेषज्ञ चिकित्सक पूर्ति गर्न लोकसेवा आयोगलाई पत्रचार गरिसकेको र सो प्रक्रिया पूरा नहुन्जेल करारमा चिकित्सक छनौट गरिने बताए।
“रिक्त रहेका अस्पताल तथा स्वास्थ्य संस्थामा चिकित्सक पठाउने मात्र होइन, उहाँहरुलाई सो स्थानमा टिकाइराख्न विशेष प्रोत्साहन ९इन्सेन्टिभको० समेत व्यवस्था गरिनेछ”, मन्त्री थापाले भने। मन्त्रालयले यसै आर्थिक वर्षभित्र एक सय १० सामुदायिक स्वास्थ्य इकाई, ४० सहरी स्वास्थ्य केन्द्र सञ्चालन, दुईसय स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर स्थापनाका लागि गृहकार्य तथा पाँच सय स्वास्थ्य चौकीमा नसर्ने रोगको प्रारम्भिक परीक्षणका लागि आवश्यक तयारी गरिरहेको छ। ुसबै स्वास्थ्य चौकीमा कम्तीमा दुई चिकित्सक, तीन नर्सलगायत अन्य प्राविधिक जनशक्ति पूरा गरी स्वास्थ्य सेवालाई अझ प्रभावकारी बनाइनेछु, उनले भने।