काठमाडौं । भारतीय राष्ट्रपति प्रणव मुखर्जीले नेपाल भ्रमणमा जनकपुर, पोखरा र लुम्बिनी पनि जाने भएका छन् ।मुखर्जी कात्तिक १७ देखि तीनदिने राजकीय भ्रमणमा नेपाल आउने तय भएको परराष्ट्रमन्त्री डा.प्रकाशशरण महतले बताए ।
मन्त्री महतका अनुसार भारतीय राष्ट्रपति कात्तिक १७ अपराह्न नेपाल आइपुग्नेछन् । मुखर्जीले एक रात पोखरामा बिताउने र त्यसपछि जनकपुर, पोखरा र लुम्बिनी भ्रमण गर्ने कार्यक्रम तयार भएको उनले बताए ।यसैबीच नेपालका लागि भारतीय राजदूत रन्जित रेले पछिल्लो समय दुवैतर्फबाट भएका उच्चस्तरीय द्विपक्षीय भ्रमणले नेपाल९भारत सम्बन्ध नयाँ उचाइमा पुगेको बताएका छन् । राजदूत रेले पछिल्लो समय द्विपक्षीय उच्चस्तरीय भ्रमणले नेपाल-भारत सम्बन्धमा नयाँ आयाम थपेको बताए ।
भाइटीकालगत्तै भारतीय राष्ट्रपतिको नेपाल भ्रमण हुने, नयाँदिल्लीमा नेपाल-भारत प्रबुद्ध समूहको बैठक सम्पन्न भएको छ । सबै उच्चस्तरीय भ्रमणले दुवै देशमा शान्ति, स्थायित्व र विकासमा टेवा पुर्याउँछ । दुवै देशले सम्बन्धलाई उच्च प्राथमिकता दिएको छु, उनले भने ।
भारतीय लगानीमा बन्ने अरुण तेस्रोका लागि पनि बजेट स्वीकृति भइसकेकाले अब उक्त प्रोजेक्ट द्रुतगतिमा सञ्चालन हुने उनको विश्वास थियो ।