Monday, 3 October 2016

राष्ट्रिय झण्डालाई कट्टु बनाएपछि

काठमाडौं । मलेसियाको झण्डा अंकित कट्टु लगाएपछि ९ जना पक्राउ परेका छन् । मलेसियाको सिमाङमा गएको फरमुला वान ग्राण्ड पिक्स प्रतियोगिताका क्रममा झण्डा अंकित कट्टु  लगाउने अस्ट्रेलियाका ९ जनालाई प्रहरीले पक्राउ गरेको हो । 

सार्वजनिक ठाउँमा अभद्र व्यवहार देखाएको साथै राष्ट्रिय झण्डाको अपमान गरेको भन्दै उनीहरुलाई पक्राउ गरिएको स्थानीय सञ्चार माध्यमले जनाएको छ । उनीहरुलाई चार दिन हिरासतमा राखिने स्थानीय प्रहरीले जनाएको छ ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us