काठमाडौं । सरकारले संबिधान संशोधन प्रस्ताव संसदमा लैजान ढिला गरेकोप्रति मधेसी मोर्चा असन्तुष्ट बनेको छ । पछिल्लो पटक भएका वार्तामा प्रधानमन्त्री पुष्पकमल दाहालले दशैँ अघिनै प्रस्ताव लैजाने प्रतिवद्धता जनाएपनि त्यसतर्फ कुनै प्रयास नगरेको मोर्चाका नेताले आरोप लगाएका छन ।
मोर्चा आवद्ध दल तराइ मधेस लोकतान्त्रिक पार्टी बरिष्ठ उपाध्यक्ष हृदयस त्रिपाठीले सरकारको र रबैयाबाट आफुहरु चिन्तित भएको बताउनुभयो । सहमति पालना नगर्ने बिगतको चरित्र यो सरकारमा पनि देखिएको भन्दै नेता त्रिपाठीले यसबाट संक्रमणकाल झन जटिल वन्ने जिकिर गर्नुभयो । अहिलेनै सरकारलाइ दिएको समर्थन फिर्ता लिने कुनै तयारी नभएको भन्दै उहाँले अहिलेकै अबस्था रहे त्यसतर्फपनि सोच्न सकिने प्रतिक्रिया दिनुभयो ।
प्रधानमन्त्री दाहालले मधेसी मोर्चासंग गतहप्ता भएको छलफलमा सबै पक्षसंग सहमति गरेर छिट्टै संबिधान संशोधन प्रस्ताव लैजाने बताउनुभएको थियो । तर त्यसयता उहाँले यो बिषयमा कुनै छलफल अघि बढाउनुभएको छैन । संबिधान संशोधनमा सत्तासझेदार दलबीचमै सहमति नभएपछि प्रधानमन्त्री अलमलमा पर्नुभएको मधेसी मोर्चाले दावी गरेको छ ।