Monday, 3 October 2016

गोताखोरहरू माछाजस्तै बनेर त्रिशुलीमा पसे, तर भेटिएन पूर्वगृह मन्त्री घिमिरे

चितवन । पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरे त्रिशुली नदीमा गाडीसहित वेपत्ता भएको नौ दिन बितिसकेको छ । घिमिरेसहित उनका दुई भाइहरु प्रकाश र मदन पनि वेपत्ता भए ।

उनीहरु वेपत्ता भएको दिनदेखि नै त्रिशुलीको घोप्टभिरबाट तल उद्धार टोलीले खोजी भने जारी नै राखेको छ । परिवारका सदस्यले असोज १४ गते नै कुशको शव बनाएर घिमिरेको दाहसंस्कार पशुपतिमा गरिसकेका छन् ।

यसको अर्थ घिमिरे अब ज्यूँदो रहेनन् भन्ने नै हो । तर, घिमिरेका परिवारले १३ औं दिनको काजक्रिया गर्ने दिन आइसक्न लाग्दा पनि प्रहरी र सेनाले भने घिमिरेको खोजी अझै पनि त्रिशुलीमा गरिरहेको छ ।

प्रहरी उच्च स्रोतले भन्यो, ‘कहिलेसम्म खोज्ने हो पत्तो छैन । दुःख र हैरान मात्रै भयो उपलब्धी हात लागेन ।’

खोजीका क्रममा त्रिशुली नदीको करिब २५ मिटर गहिराईमा गत शुक्रबार एउटा गाडी जस्तो बस्तु फेला परेको छ । तर, ५ दिनसम्म प्रयास गर्दा पनि त्यसलाई बाहिर निकाल्न सकिएको छैन ।

‘सडकको उचाई र नदीको गहिराई धेरै भएका कारण उपलब्ध क्रेन लगायतका साधनबाट माथि सवारी निकाल्न र खोज्न नै निकै समस्या देखियो,’ चितवनका प्रमुख जिल्ला अधिकारी बिनोदप्रकाश सिंहले भने ।

प्रयाप्त साधनस्रोतकै अभावमा पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरे त्रिशुली नदीमा बेपत्ता भएको ९ दिन बितिसक्दा पनि फेला पार्न सकिएको छैन । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार अझै पनि खोजी कार्य जारी नै छ ।

प्रमुख जिल्ला अधिकारी सिंहले घटनास्थल वरपर सवारी साधन भेटिनसक्ने सम्भावना निकै कम भएको अवस्थाबारे माथिल्लो निकायमा जानकारी गराइसकेको बताए

‘पानी धमिलो छ, दुरविनका माध्यमबाट पनि तल देख्न सकिँदैन । पानीको बहाव तीव्र छ अडिन पनि सकिँदैन,’ खोजीमा संलग्न प्रहरी अधिकारीहरु भन्छन् ।


चितवनका प्रमुख जिल्ला अधिकारी सिंहले घटनास्थल वरपर सवारी साधन भेटिनसक्ने सम्भावना निकै कम भएको अवस्थाबारे माथिल्लो निकायमा जानकारी गराइसकेको बताएका छन् ।

‘गाडी भेट्न नै निकै मुस्किल अवस्था छ, भौगोलिक बनावट र स्रोत साधनहरुको पनि अभावका कारण कुनै नतिजा दिन सकिएन,’ प्रजिअ सिंहले भने, ‘माथिबाट अर्को आदेश नआएसम्म खोजी भने जारी राख्ने छौं ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us