काठमाडौं । स्वास्थ्य क्षेत्रमा भइरहेको बढ्दो बिकृती अन्त्यको माग गर्दै आमरण अनशनमा बसेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था अत्यन्तै जटिल बन्दै गएको छ । आमरण अनसनको आठौं दिन आजदेखि उनको स्वास्थ्य अवस्थामा अस्वभाविक गडबडी आएको चिकित्सकले बताएका छन् ।
अवस्था झनै जटिल बन्दै गएपछि अहिले उनी अनसनमा बसेको कोठामा भेन्टिलेटर र डिसि सक मेसिन तयारी हालतमा राखिएको छ । यदी केही भैहाले अन्तिम अवस्थामा ब्युत्याउँने प्रयास चिकित्सकहरुको रहनेछ । अन्यथा उनले जटिल अबस्थाका अपचार पद्धती अस्वीकार गर्र्दै आएका छन् ।
एकदिन अघि केसीको मुटूको चाल कम हुने समस्या देखिएपछि कुनै पनि समय हुन सक्ने सम्भावित स्वास्थ्य सम्बन्धि जोखिमलाई दृष्टिगत गरी तयारी अवस्थामा राखिएको त्रिवि शिक्षण अस्पताल आइसियुका क्लिनिकल कोअर्डिनेटर डा.सुवास आचार्यले बताए ।
केसीको मुटूको चाल गडबड भएर मुटूले काम गर्न छोड्यो भने डिसि सक मेसिनद्वारा झट्का दिएर मुटू चलाइन्छ भने भेन्टिलेटर कृत्रिम रुपमा स्वासप्रसाव गराउने आइसियुको अत्यावश्यक यन्त्र हो ।
रगतमा अक्सिजनको स्तर ९० भन्दा माथि हुनु पर्नेमा डा. केसीमा ७० सम्म झरेको देखिएको छ ।