Tuesday, 25 October 2016

नेपाली सवारी साधनलाई भारत प्रवेशमा कडाई !


सुनसरी । भारतीय सुरक्षाकर्मीले नेपाली सवारी साधनलाई भारतको सुपौल र अररियामा प्रवेशमा कडाई छन् । सुनसरीको सिमा नाकाबाट भारत तर्फ चारचक्के, रिक्सा, मोटरसाइकल तथा सिटी रिक्सालाई समेत जान कडाई गर्दै भन्झटीलो चेकजाँच गरेका हुन् ।

नेपालबाट तिहार र छैठमा किनमेलका लागि ठूलो संख्यामा नेपालीहरु त्यसतर्फ जाने गरेका छन् । चाडपर्वभरिका लागि भारतीय सुरक्षाकर्मीले सवारी साधन सिमापारि जान रोकेपछि कतिपय नेपालीलाई निकै समस्या भएको छ भन्दै इनरुवाको वर्णमालामा समाचार छ ।

चाडवाडका बेला आवश्यक पर्ने वस्तु खरिद गर्न भारत जानेहरुको संख्या निकै ठूलो हुनेगर्छ । भारतीय सीमामा खटिएका सुरक्षाकर्मी (एसएसबी)ले सवारी साधन नेपालतर्फ राखेरमात्र भारतीय बजारमा जान दिई रहेका छन् ।भारतीय सुरक्षाकर्मीले नेपाली सुरक्षा निकायकै अनुरोधमा नेपाली साधन पारि जादाँ चेकजाँच गरेको तर नरोकेको बताएका छन् । सिमा क्षेत्रमै सवारी साधन राखेर भारतीय बजारमा पुग्नु पर्दा यात्रुहरुलाई भने समस्या भएको छ ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us