Monday, 3 October 2016

जेष्ठ नागरिकले संसद भवन अगाडि सडकमा सुतेरै दिए धर्ना

काठमाडौं । जेष्ठ नागरिकहरुले काठमाडौंको बानेश्वरस्थित मध्य सडकमा सुतेर धर्ना दिएका छन् । सरकारले आफूहरुका माग सम्बोधन नगरेको भन्दै उनीहरुले सडकमा सुतेर धर्ना दिएका हुन् ।

राज्यले अग्रजहरुलाई सधै सौतेनी व्यवहार गरेको भन्दै राज्यले हेर्ने दृष्टिकोणमा परिर्वतन नगरेसम्म आन्दोलन जारी राख्ने चेतावनी उनीहरुको छ ।

अग्रज समाज नेपालमा अध्यक्ष महाप्रसाद पराजुलीले देशमा बढ्दै गएको भ्रष्टाचार, बढ्दो महँगी अन्त्यको लागि पनि सरकासँग माग गरे ।

उनीहरुले निमार्णाधीन भौतिक संरचना अग्रजमैत्री हुनु पर्ने पनि माग गरे । धर्नाका कारण बानेश्वर क्षेत्रमा केही समय यातायात अवरुद्ध भएको थियो ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us