Tuesday, 18 October 2016

शेखर कोइरालाको आरोप डा. गोविन्द केसीको लहडमा सरकारले मेडिकल शिक्षालाई बर्बाद पार्न खोज्यो

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. शेखर कोइरालाले डा. गोविन्द केसीको लहडमा लागेर सरकारले मेडिकल शिक्षालाई बर्बाद पार्न खोजेको आरोप लगाएका छन् ।

बुधबार व्यवस्थापिका संसदको महिला बालबालिका, जेष्ठ नागरिक र समाज कल्याण समितिको बैठकमा कांग्रेस सांसद कोइराला डा. केसीप्रति आक्रमक रुपमा प्रस्तुत भए । डा। केसीले उपत्यकामा मेडिकल कलेज खोल्न नहुने माग राखेको भन्दै चिकित्सक समेत रहेका कोइरालाले भने, ‘जुम्लाको अस्पताल त वीपी प्रतिष्ठानको सहयोगको भरमा चलेको छ । जुम्लामा मेडिकल कलेज खोलेर के गर्नु हुन्छ ’

डा. केसीले त्रिभुवन विश्वविद्यालय ऐनलाई चुनौती दिएको उनको आरोप छ ।त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान आईओएमको डिन वरिष्ठ मात्र नभएर योग्य पनि हुनु पर्ने भन्दै उनले बरिष्ठताका आधारमा हुनु पर्ने डा. केसीको माग उपयुक्त नभएको तर्क गरे ।

साथै उनले माथेमा आयोगको प्रतिवेदन पनि सानो घेराको स्वार्थमा आएको दाबी गरे । अख्तियारले परीक्षा लिने र डा। केसी सडकमा कराउने गरेको भन्दै उनले मेडिकल कलेज चेपुवामा परेको कांग्रेस सांसद कोइरालाले बताए । उनले शिक्षा र स्वास्थ्य मन्त्रालयबीच समन्वय नहुँदा अहिलेको अवस्था आएकोसमेत बताए ।

उनले मेडिकल काउन्सिललाई जिम्मेवार बनाउनु पर्नेमा जोड दिएका छन् । अर्का सांसद गणेशमान गुरुङले पनि माथेमा आयोगको प्रतिवेदन साँघुरो घेराबाट आएको बताए । मेडिकल कलेज नखोल्दा वार्षिक ८ अर्ब रुपैयाँ विदेशीने गरेको उनको तर्क थियो ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us