Friday, 30 September 2016

पाकिस्तान तर्फबाट भीषण आक्रमणकोे आशंका सँगै बोर्डर क्षेत्रका एक हजार गाउँ खाली गराउँदै भारत , भारत - पाकिस्तान युद्ध हुदाँ नेपाललाई के हुन्छ ?

काठमाडौं । पञ्जाबका करिब एक हजार गाउँलाई खाली गर्ने प्रक्रिया भारतले शुरु गरेको छ । भारतीय पक्षबाट पाकिस्तान तर्फ सर्जिकल स्ट्राइक भएसँगै पाकिस्तानसँग जोडिएको अमृतसर, तरन तारन, गुरुदासपुर, पठानकोट, फाजिलक र फीरोजपुर जिल्लाका गाउँहरु खाली गराउन लागिएको हो । 

यी गाउँहरु भारत९पाक बोर्डरबाट १० किलोमिटरको दुरीमा अवस्थित छ । भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाले जनाएअनुसार विस्थापित हुनेहरु करीब १५ लाख मानिसहरुलाई बस्ने व्यबस्था भारतीय सरकारले गरिरहेको छ । 

पंजाबका मुख्यमन्त्री प्रकाश सिंह बादलले बोर्डर क्षेत्रसँग जोडिएको गाउाहरु खालि गराइएको जनाएका छन् ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us