Wednesday, 21 September 2016

पाइलटले झुक्किएर अपहरणको संकेत दिने बटन थिचेपछि .....

काठमाडौं । विमान चालक (पाइलट)ले झुक्किएर कुनै गलत निर्णय लिँदा के होला रु सरल जवाफ आउँछ-ठूलो जोखिम वा आतंकको स्थिति सिर्जना हुनसक्छ ।

हो यस्तै भएको छ जेद्दाबाट मनिलाका लागि उडेको साउदी एयरलाइन्सको जेट विमानमा । सो विमान ‘अपहरण’मा परेको सूचना कन्ट्रोल रुममा आयो । बोइङ ७७७ मा ३०० यात्रुहरू थिए ।

लगत्तै मनिलास्थित निनोय एकिनो अन्तर्राष्ट्रिय विमानस्थलका सुरक्षाकर्मीहरुले प्लेनलाई सुरक्षा घेरामा राखे । मनिला प्रहरी प्रमुख पनि हतारिँदै विमानस्थल पुगे ।

त्यतिन्जेल यो खबर विश्वभर पुगिसकेको थियो । तर, त्यहाँ न त कोही अपहरणकारी थिए, न विमानमा कुनै सुरक्षा चुनौती नै ।

विमान ल्याण्ड गर्ने क्रममा पाइलटले झुक्किएर ‘अण्डर थ्रेट’ अर्थात् अपहरणको संकेत दिने बटन पो थिचेका रहेछन् । यो विमानका चालकलाई थाहा भएन । तर, टावरमा त्यो संकेतले हलचल मच्चायो ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us