Friday, 16 September 2016

कष्टकर छ नेपाल भारत सिमा क्षेत्रका स्थानीयको दैनिकी

काठमाडौं । कपिलवस्तु नगरपालिका १६ गोटिहवाका श्याम महरा दुई साताअघि ५० किलो मलसहित सिमानास्थित खुनुवा बजारमा पक्राउ परे। भारतीय प्रहरीले उनलाई पक्राउ गरेको थियो। २ हजार भारतीय रुपैयाँ ९भारु० बुझाएर साइकलसहित अर्को दिन उनी छुटे। तर, उनले एक दिन हिरासतमै बिताउनुपर्‍यो। भारत गोन्डा जिल्लाको मनिकापुरका अशोक श्रीवास्तव सदरमुकाम तौलिहवास्थित ससुराली आउँदा सधैं तनावमा हुन्छन्। मर्जादपुर भन्सारमा भारतीय नम्बरको गाडी लिएर आउँदा अनावश्यक झन्झट बेहोर्नुपर्छ। त्यहाँ रकम बुझाउनुपर्छ। 

२४ घण्टाका लागि भारतीय गाडी यहाँ ल्याउँदा पैसा नलाग्ने सहुलियतबारे सुनेको छु, उनले भने, तर, भन्सार कर्मचारीले लाग्ने बढी रकम असुल्छन्। पेसाले उनी कानुन व्यवसायी हुन्। नेपाली कानुन जानकारी छैन,उनले भने, झन्झट सम्झेर ससुराली आउन मन लाग्दैन। दुवै मुलुकका सीमावर्ती गाउँले यस्ता समस्याबाट पीडित छन्। उनीहरूबीच रोटी र बेटी को सम्बन्ध छ। दैनिक आवश्यक पर्ने समान खरिद एक९अर्काको मुलुकमा गर्छन्। तर, यो सम्बन्ध सहज चल्न सकेको छैन। यतिबेला प्रधानमन्त्री पुष्पकमल दाहाल भारत भ्रमणमा छन्। यस क्रममा ठूल्ठूला परियोजनाको चर्चा भइरहेको छ। तिनमा दुई मुलुकबीच हस्ताक्षर हुन्छ। 

तर, सीमा क्षेत्रका बासिन्दाको दुःख पीडाबारे कहिल्यै कुरा उठ्दैन। अहिले सीमावर्ती जीवनयापन कष्टकर बनिरहेको छ। दुई मुलुकको सम्बन्ध सुधारमा सीमा क्षेत्रका बासिन्दाको भूमिका महत्त्वपूर्ण हुन्छ। त्यसैले यहाँका बासिन्दाले आफ्नो पीडामा मल्हम लगाउन आग्रह गरेका छन्। उनीहरूले दाहालको भारत भ्रमण क्रममा समकक्षी नरेन्द्र मोदीलाई सीमाका बासिन्दाले भोग्नुपरेको समस्याबारे ध्यानाकर्षण गराउन आग्रह गरेका छन्। महाराजगन्ज गाविसका पूर्वअध्यक्ष ढृगनारायण पाण्डेले यहाँको समस्या अवगत गराए दुवै मुलुकका विपन्नलाई चुलौचौकोमा सहयोग पुग्ने बताए। 

ठूला समस्या प्राथमिकतामा नपरून् भनेको हैन, सीमा क्षेत्र बढनीस्थित भारतीय जनता पार्टीका नेता राजीव शाहीले भने, ज्याला मजदुरीदेखि किसान र सानातिनो व्यापार गर्नेलाई पनि ध्यान दिनुपर्छ। आफूहरूले पनि आपmना प्रधानमन्त्री मोदीलाई समस्या जानकारी गराउने उनले बताए।

सानो व्यापार गर्ने दुवै देशका नागरिकलाई सजिलै थोरै समान ल्याउनरलैजान पाउने सुविधा मिलोस्, उनले भने, भारतका विभिन्न ठाउँमा रोजगारीमा रहेका नेपाली नागरिकले भारतीय बैंकबाट रकम पठाउन ठूलो समस्या छ। अन्य तरिकाले घर गर्जो चलाउन रकम पठाउँदा लुटिने, नपुग्ने र कम पाउने गरेको जोखिम छ। भारतका विभिन्न कम्पनी, व्यवसाय, कृषि उद्यम र र्फमका कार्यरतको सञ्चयकोष काटिँदैन। त्यसलाई व्यवस्थित गर्नुपर्ने आवाज उठाउनुपर्ने यिनीहरूको माग छ। 

तौलिहवा विवाह भएकी रीना श्रीवास्तवलाई लखनऊस्थित माइतीबाट भाइ साधु श्रीवास्तवले फोन गर्नुपर्दा मिसकलु गर्छन्। 

रीनाले यताबाट फोन गरेपछि कुराकानी हुन्छ। भारतबाट फोन गर्दा ९ रुपैयाँ प्रतिमिनेट भारु लाग्छ। यताबाट ४ रुपैयाँमै हुन्छ। सञ्चारमा सबैको पहँच पुर्‍याउनुपर्छ, भारतीय औषधि व्यवसायी साधु श्रीवास्तवले भने, धनी र गरिबमा फाटो पार्ने काम गरेको छ। उताबाट फोन गर्दा सहज र सस्तो बनाउनुपर्छ।




About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us