Wednesday, 14 September 2016

भारतीय बालुवा तस्कर र सशस्त्र प्रहरीबीच झडप, दुईजना घाइते

वीरगन्ज  । पर्साको पिडारी गुुठी गाविसको ओरियाखोलामा बुधबार सशस्त्र प्रहरी र भारतीय बालुवा तस्करबीच झडप भएको छ । झडपमा भारतीय तस्करहरुको आक्रमणमा परी दुईजना घाइते भएका छन् । भारतीय तस्करहरुको ढुंगा प्रहारबाट सशस्त्र प्रहरीका हवल्दार राजकुमार माझी र पिडारी गुठीका प्रभु चौधरी घाइते भएका हुन् ।

झडपलाई नियन्त्रणमा लिन प्रहरीले तीन राउन्ड अश्रुग्यास प्रहार गरेको थियो ।अहिले तस्करहरुलाई खोलाबाट हटाइएको सीमा सुरक्षा बल, पर्साका सशस्त्र प्रहरी उपरीक्षक रविन्द्र ठाकुले जानकारी दिएका छन् ।
बिहारको पश्चिम चम्पारणबाट ट्याक्टर लिएर सयौंको संख्यामा उनीहरु बालुवा झिक्न ओरियाखोलामा आएको बताइएको छ । सीमामा रहेको भारतीय सीमा सुरक्षा बललेसमेत तस्करहरुलाई सहयोग गर्ने गरेको स्थानीयले बताएका छन् ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us