Saturday, 3 September 2016

३२ लाख रुपैयाँ भुक्तानी गरिसक्दा पनि मधेसी मोर्चाले ऋण तिर्न भन्दै सरकारसँग फेरि माग्यो ६६ लाख

काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले तराई मधेसको आन्दोलनमा घाइते हुनेहरुको उपचार खर्चका लागि थप ६६ लाख रुपैयाँ माग गरेको छ । मोर्चाले आन्दोलनका क्रममाराजधानी काठमाण्डौँ, भैरहवा, विराटनगरलगायत भारतमा घाइतेहरुको उपचार गरेको ६६ लाख रुपैयाँ खर्च भको विवरण सरकारलाई पेस गरेको  छ ।

सरकारले यसअघि घाइतेहरुको उपचारको खर्चका लागि ३२ लाख रुपैयाँभन्दा बढी भुक्तानी गरे पनि मोर्चाले पुनः ६६ लाख रुपैयाँ ऋण रहेको बताएको छ । मोर्चाले अस्पताल र औषधि पसलको बिलअनुसार रकम भुक्तानी गर्न गृह मन्त्रालयसँग माग गरेको छ ।

केपी शर्मा ओली नेतृत्वको सरकारले मोर्चाले ४२ लाख रुपैयाँ उपचारका क्रममा लागेका ऋण तिर्न बाँकी रहेको विवरण पेस गरेपछि त्यसको आधारमा ३२ लाख रुपैयाँ प्रदान गरेको थियो ।
  

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us