Wednesday, 28 September 2016

यस तस्बिरका कारण भयो श्रीमान् श्रीमतीबिच डिभोर्स !

इन्टरनेटमा एक महिलाको तस्बिर भाइरल भइरहेको छ । यस फोटोमा खासै त्यस्तो केही देखिदैन । तर, नियालेर हेर्यो भने रहस्य खुल्छ ।


इन्टरनेटमा चलिरहेको खबरका अनुसार जो महिलाले यस तस्बिर शेयर गरेकी थिइन् उनको पति २० दिनदेखि बाहिर रहेका थिए । तर, घर फर्केपछि जब उनले यस तस्बिर देखे उनले एक अजिब रहस्य तस्बिरमा फेला पारे । उनले तस्बिरमा एकजना व्यक्ति बेड मुनि लुकेर बसेको भेटाए । तस्बिरमा बेडमुनि लुकेको व्यक्तिको आखाँ प्रष्टसँग देखिन्छ ।

उक्त तस्बिर हेरेपछि श्रीमान्ले आफ्नी पत्नीलाई डिभोर्स दिएका थिए । परपुरुषसँग सम्बन्ध रहेको भन्दै उनले डिभोर्स दिएको बताइएको छ । यो फोटो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us