Wednesday, 21 September 2016

प्रहरीकै मिलेमत्तोमा यसरी हुन्छ तस्करी : शसस्त्रलाई कारवाही भएन

झापा । दक्षिणी झापाको कुमरखोद गाविसमा प्रहरीकै मिलेमत्तोमा तस्करी हुने गरेको रहस्य खुलेको छ । भारतको दिघलवैंक नाका हुँदै नेपाल भित्र्याइएको ठूलो परिमाणको फरेनगुड्का सामान मध्य दक्षिणी झापाको कुमरखोदबाट मंगलवार पक्राउ परेपछि यस्तो रहस्य खुलेको हो ।

जिल्ला प्रहरी कार्यालय झापाले विशेष सुराकीको आधारमा १० लाख मूल्य वरावरको सामान वरामद र तस्करीमा सम्लग्न भएक तीन जनालाई पक्राउ गरी कारवाही अघि बढाएसंगै प्रहरीकै मिलेमत्तोमा तस्करी हुदै आएको पुष्टि भएको छ । इलाका प्रहरी कार्यालय कुमरखोद र सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट टाघनडुब्बाका इन्चार्ज केदारजंघ थापाको सेटिङमा तस्करी हुने गरेको विशेष सुराक आएपछि जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले सामान बरामद गरेको थियो ।

वरामद सामान र तस्करीको विषयमा जिल्ला प्रहरी कार्यालय झापाले मंललवार साँझ पत्रकार सम्मेलनको आयोजना गर्दै जानकारी दिएको छ ।प्रहरीले कुमरखोद – २ स्थित हरि ढकालको घरमा भण्डार गरी राखेको सामान भारत लैजादै गरेको अवस्थामा दशगजा सिमा क्षेत्रबाट प्रहरीले १४ पोका अर्थात १० लाख ३४ हजार ५ सय रुपैया मुल्य बराबरको सामान सहित तस्करीमा सम्लग्न तीन जनालाई नियन्त्रणमा लिएको छ ।

नेपालबाट भारतको डिगलबैक तर्फ लगिरहेको अवस्था प्रहरीले सामानसहित तीन जनालाई नियन्त्रण लिएको थियो । तस्करीको कपडा बोक्ने दुई वटा साइकल पनि घटना स्थलबाट बरामद गरेको प्रहरीले जनाएको छ । तस्करीमा सम्लग्न भएको आरोपमा भद्रपुर १४ का ३६ वर्षीय मदन सुब्बा, कुमरखोद १ का ३३ वर्षीय हरि न्यौपाने र शरणामति ४ का २६ वर्षीय महेश कार्कीलाई पक्राउ गरेको छ ।

नियन्त्रणमा लिएका उनीहरुले प्रहरीलाई रकम दिने भन्दै असुल्ने काम समेत गर्दै आइरहेकोले तीनै जना कारोबारी रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।इलाका प्रहरी कार्यालय कुमरखोद सिमा क्षेत्रबाट ठूलो परिणाममा प्रहरीले सामान बरामद गरेसगै जिल्ला प्रहरी कार्यालय कुमरखोदका सई मोहन भुजेललाई सरुवा गरेको छ । सो क्षेत्रबाट जिल्लाका प्रहरी टोलीले ठूलो परिणाममा सामान बरामद गरेपछि भुजेललाई आवश्यक कार्वाहीका लागि प्रहरी कार्यालय झापा तानिएको प्रहरी स्रोतले जनाएको छ । 

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us