Tuesday, 20 September 2016

के तपाइँ आफ्नो धुमपान लत छुटाउन चाहनुहुन्छ ? चाहनुहुन्छ भने एकपटक पढ्ने कि ?

काठमाडौं । नेपालमा धुम्रपान र सुर्ती सेवनबाट बर्सेनि  २६ हजारभन्दा बढीको ज्यान जाने गरेको छ।  धुम्रपानले ज्यान लिन्छ भन्ने बुझ्दा बुझ्दै पनि हामी त्यहि सेवन गरि राखेका हुन्छौ । लत लागिसकेको धुम्रपान त्याग्ने कुरा मानिस कल्पना समेत गर्न सक्दैनन् । तर त्यसो होइन, धुम्रपान सजिलै त्याग्न सकिन्छ । सबै भन्दा पहिला म धुम्रपान त्याग्छु भन्ने आत्मविश्वास चाहिन्छ ।


अंगुरको बियाँ : अंगुरको बियाँको रस बनाएर नियमित सेवन गर्दा शरीरमा एसिडिटीको मात्रा कम गर्छ । यसले धूमपानका कारण शरीरमा पुरेको असर विस्तारै  काम पनि गर्छ ।

जौको चिउरा : जौ को चिउरा ले शरीरमा भएका घातक विषाक्त पदार्थ शरिर बाहिर निकालेर धूमपानको चाहना कम गर्न सहयोग पु¥याउछ  । ‘धुम्रपान’ छोडेपछि हुने परिस्थितिलाई ‘नियन्त्रण  गर्न पनि यसले महत्व पूर्ण भूमिका निवार्ह गर्दछ ।

पानी : शरीरको विषाक्त पदार्थ बाहिर निकाल्न पानी निकै प्रभावकारी हुन्छ । खाना खानुभन्दा १५ मिनेटअगाडी  नियमित एक गिलास पानी पिउँदा शरीरमा एसिडको मात्रा नियन्त्रित हुन्छ ।पानीले  धूमपानको चाहना कम गराउदै लिएर जान्छ । दिनभर नै थोरै–थोरै गर्दै पानी पिउन आवश्यक हुन्छ ।

रातो खुर्सानी : रातो खुर्सानीले श्वासप्रश्वास प्रणालीलाई बलियो बनाउने काम गर्छ । यसले धूमपानको चाहनालाई पनि अन्त्य गर्दै जन्छ । तरकारीमा पिनेर  ए उटा रातो खुर्सानी मिसाएर खाएमा तुरुन्त चुरोटको लत कम गर्न सकिन्छ ।

मुला : मुला खानाले ‘चेन स्मोकर्स’ले समेत लतबाट छुट्कारा पाउन सक्छन् ।अझ महसँग मिलाएर मुलाको चाना खाएमा छिट्टै सकारात्मक  नतिजा प्राप्त हुन्छ ।

धुम्रपानको तल तल लागेमा ल्वाङ र सुकमेल, चुइङगम चपाउने गर्नुपर्छ । धुम्रपान छाड्न चिया, कफि पहिला छाड्नुपर्छ ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us