
गृहले काठमाडौंस्थित ब्रिटिस दूतावासमार्फत गर्न सकिने विकल्प समेत दूतावासलाई प्रस्तुत गरेको थियो । ‘हामीले लामाले स्वेच्छाले पीआर त्याग्न गरेको आग्रहबारे जंगी अड्डामा समेत अवगत गराइसकेका छौं,’ दूतावास स्रोतले भन्यो, ‘व्यक्तिगत भन्दा दूतावासमार्फत आवेदन दिँदा बलियो प्रमाण हुने भएर लामाले त्यसो गरेको हुनुपर्छ ।’ बेलायतमा कुनै आपराधिक क्रियाकलाप गरे वा लगातार दुई वर्षभन्दा बढी समय यूकेबाहिर रहे यहाँको आवासीय अधिकार रद्द हुने प्रावधान भए पनि लामाले स्वेच्छाले त्याग्न निवेदन दिएका हुन् । लामा दूतावासबाट ट्राभल डकुमेन्ट बनाएर नेपाल फर्किएका हुन् ।