प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको एक एजेण्डा बनाइएको हवाई उड्डयन क्षेत्रका मुख्य दुई मुद्दामा सम्झौता हुन सकेन ।नेपालले धेरै पहिलेदेखि उठाउँदै आएको नेपाल र भारतबीच खुल्ला आकाश सम्झौता अर्थात एयर स्पेस एगि्रमेन्ट र नेपाल आउने एयरलाइन्सलाई तीन नाकाबाट प्रवेशको अनुमति सम्बन्धी प्रस्तावमा यसपटक पनि सम्झौता भएन ।
पछिल्ला प्रत्येक प्रधानमन्त्री भारत भ्रमणमा एजेन्डामा यी मुद्दा राखिदै आएका छन् । प्रधानमन्त्री प्रचण्डले पनि उक्त प्रस्ताव गरेका थिए । तर दिल्लीमा भएको दुईपक्षीय वार्तामा दुवै विषयमा सम्झौता नभएपछि अन्याता पुन बढेको आजको कारोबारदैनिकमा समाचार छ ।