Saturday, 3 September 2016

सिंगापुरबाट आउँदा आउँदै देउवाले भने–भारतीय जासुस भेट्न सिंगापुर गएको होइन्

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले आफू केवल स्वास्थ्य उपचारको लागि मात्रै सिंगापुर गएको बताएका छन् । सिंगापुरको ८ दिन लामो बसाइपछि आज स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसाग कुराकानी गर्दै देउवाले आफू कुनै भारतीय जासुस वा एजेण्डलाई भेट्न त्यहाँ गएको नभई स्वास्थ्य उपचारको लागि मात्रैं भएको बताए ।

विमानस्थलमा पत्रकारहरुले तपाईँ भारतीय ‘रअ’लाई भेट्न जानु भएको भन्ने चर्चा छ नि भन्ने प्रश्नको जवाफमा उनले भने जासुस भेट्न मलाई सिंगापुर भइरहन पर्दैन । उनले आफूले सिंगापुरमा स्वास्थय ग्याष्ट्रिकसम्बन्धी स्वास्थय उपचार गराएको बताए । 

यस्तै उनले विगतमा मधेसी दलसाग भएको सहमति अनुसार संविधान संशोधन प्रक्रिया अघि बढ्न बताए । 

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us