म्युनिख । एउटै खेलमा ४३ गोल खाएपछि जर्मनीका गोलकिपर प्रहरी फन्दामा परेका छन्। भर्खरै जर्मनीमा भएको एउटा लिगमा कसैले कल्पनै नगरेको कीर्तिमान कायम गर्ने क्रममा पिएसभी ओबेरहाउसेन क्लबले एसभी भोन्डेरोर्टलाई ४३(० गोलले पराजित गर्यो।
जर्मनी पत्रिका एक्सप्रेसका अनुसार ओबेरहाउसेनले पहिलो हाफमै ३५ गोल ठोकिसकेको थियो। जसका कारण दोस्रो हाफपछिको खेलमा भोन्डेरोर्टको क्षेत्रमा ८ खेलाडी मात्र देखा परे। पहिलो हाफको नतिजापछि ३ खेलाडी मैदानमा प्रवेश गर्न मानेनन्। प्रत्येक २ मिनेटमा गोल खाएका भोन्डेरोर्टको गोलकिपर मार्को कोइटेक यो घटनालाई बिर्सन चाहन्थे।
तर, खेल सकिएको ५ दिनपछि डोर्टमुन्डदेखि ३० माइल पश्चिममा पर्ने बोट्रोपमा अभ्यासरत रहेको बेला छानबीनका लागि प्रहरीले मार्कोलाई गाडीमा हालेर लग्यो। २५ वर्षिय गोलकिपरलाई दुईवटा गाडीमा आएका प्रहरीले स्थानीय प्रहरी चौकीमा पुर्याएका थिए।