Friday, 2 September 2016

निशा अधिकारी र दिया मास्के समलिंगी

काठमाडौँ । समलिंगी विषयमा बनाइएको ‘अन्तिम प्रश्न सोध्न चाहन्छ’ म्युजिक भिडियो सार्वजनिक भएको छ । भिडियोमा नायिका निशा अधिकारी र दिया मास्के एकअर्काबिना बाँच्नै नसक्ने भएका छन् ।

 दी ब्ल्याक हब्क नेपाल ब्यान्डको शब्द, संगीत, एरेन्जमेन्ट रहेको गीत ‘खोइ मेरो देश’ एल्बममा समेटिएको छ । ‘अन्तिम प्रश्न सोध्न चाहान्छु’को म्युजिक भिडियो वेभ म्यागजिन प्रोडक्सन टिमको छायांकन र सम्पादनमा तयार भएको हो ।

 राज केसीले निर्देशन गरेको भिडियोमा नायिका निशा अधिकारी र दिया मास्केलाई समलिंगी भूमिकामा देखाइएको छ । दिया टाढा हुँदा निशाको तड्पाइ, दियाबिना बाँच्नै नसक्ने र अन्तिममा सँगै मर्ने भिडियोमा देखाइएको छ । समलिंगीका अन्य धेरै व्यवहार पनि यसमा समेटिएको छ ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us