काठमाडौं । वर्तमानदेखि विरक्त प्रायः मान्छेहरू भविष्य जान्न चाहन्छन् । मान्छेले सदियौँदेखि त्यही ‘भविष्य पत्ता लगाउने’ अनेक खालका तरिकाहरू प्रचलनमा ल्याएको छ जसमा हात हेर्ने, जन्म कुण्डलिनी हेर्न लगायतका अनेक तरिका छन् ।
तर एउटा अनौठा ज्योतिषी भेटिएका छन् जो महिलाहरूको भविष्य जान्नका लागि उनीहरूको स्तन मुसार्ने गर्दछन् । चीनको एउटा भिडियो सेयरिङ साइटमा पोष्ट भएको एउटा भिडियो दृश्यलाई आधार मान्ने हो भने एक झाँक्री एउटी युवतीको स्तनभित्र हात पु(याएर उनको भविष्य बताइरहेका देखिन्छन् । भिडियोमा युवतीले अप्ठेरो मानेझैँ देखिन्छ ।
चीनको भिडियो सेयरिङ वेबसाइट ‘मियाओपाई’मा उक्त भिडियो पोष्ट भएको हो । झाँक्री एउटा हातले युवतीको स्तनभित्र हात घुसारिरहेका छन् भने अर्कोतर्फ उनले दुईवटा वैशाखीसमेत लिएको देख्न सकिन्छ । उनले यो काम धेरै मान्छेहरूकै बीचमा रहेर गरेको देखिन्छ । युवतीले झाँक्रीको भविष्य पत्ता लगाउने तरिकालाई उति रुचाएको भने देखिन्न । युवतीपछि अन्य केही मान्छेहरू समेत भविष्यवाणी सुन्न उत्सुक भएर आफ्नो पालो पर्खेजस्तो समेत देखिन्छ ।