काठमाडौं। कुशेऔंसीका दिन बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न गएका प्रधानमन्त्री पुष्पकमल दाहालले भने, मेरा लागि आमा पनि तपाईं, बुवा पनि तपाईं, आजको दिन तपाईंको मुख हेरिहालें, अब पुग्यो ।
शीतल निवासमा मुलुकुको विद्यमान परिस्थितिबारे राष्ट्रपति भण्डारीलाई नियमित जानकारी दिने उद्देश्यसाथ बिहानै पुगेका प्रधानमन्त्री दाहालसँग भण्डारीले सोधिन्, आज कुसेऔंसी, पिताको मुख हेर्ने दिन, तपाईंले मनाउनुभयो कि भएन ?
प्रत्युत्तरमा दाहालले भने, राष्ट्रपति मुलुकको अभिभावक भएको र कुशेऔंसी, मातातीर्थ औंसीको उद्देश्य अभिभावकको सम्मान भएकाले मैले तपाईंको मुख हेरेर मनाएँ । दाहालको कूटनीतिक जबाफपछि राष्ट्रपति मुस्काइन् ।
प्रधानमन्त्री दाहालले राष्ट्रपति भण्डारीसँग कूटनीतिक व्यवहार प्रदर्शन गर्दै आफ्ना लागि राष्ट्रपतिभन्दा ठूलो अभिभावक अरू कोही हुन नसकेको धारणा राखेर भेटघाट रमाइलो बनाएको दाबी स्रोतले गर्यो । पहिलोपटक २०६५ भदौ २ गतेदेखि २०६६ जेठ ११ गतेसम्म प्रधानमन्त्री हुँदा तत्कालीन राष्ट्रपति डा। रामवरण यादवसँग तत्कालीन प्रधानसेनापति रुक्मांगद कटवाललाई हटाउँदै कुलबहादुर खड्कालाई प्रधानसेनापतिको पदमा सिफारिस गरेको विषयमा दाहालको विवाद भएको थियो ।
दाहालले राष्ट्रपतिसँग भने, स्थानीय निर्वाचनका लागि स्थानीय पुनर्संरचनाकाबारे दलहरूबीच वार्ता भइरहेको छ । प्रधानमन्त्रीले २०७४ माघ ७ गतेभित्र स्थानीय, प्रान्तीय र संसदीय निर्वाचनका लागि सत्ता, प्रतिपक्षी दल र मधेसीबीच भइरहेको द्विपक्षीय, बहुपक्षीय वार्तामा भए गरेका कार्यहहरूको संक्षिप्त जानकारी दिँदै मधेसी दलहरूसँगको सहमतिमा संविधान संशोधन गराउने प्रयासमा रहेको बताए ।
सत्तारूढ सहयात्री कांग्रेस सभापति शेरबहादुर देउवा बैंककबाट फर्कनासाथ संविधान संशोधनका विषयले उच्च प्राथमिकता पाउने धारणा दाहालले राखेका थिए ।
दाहालको भनाइ उद्धृत गर्दै स्रोतले भ