Wednesday, 21 September 2016

भारत–पाकिस्तान युद्धको खतरा, युद्धको रणनीतिबारे मोदीलाई सेनाको ब्रिफिङ

नयाँ दिल्ली । भारत र पाकिस्तानबीच युद्धको खतरा बढेको छ । परमाणु शक्तिसम्पन्न दुबै मुलुकबीच पछिल्लो समय कश्मिर मुद्दाका बारेमा तनाव बढेको छ ।

भारत प्रशासित कश्मिरको उरीमा भएको आतंकवादी हमलापछि दुई मुलुकबीच तनाव बढेको हो । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले उरी हमलाको जवाफमा गरिने कारवाहीको रणनीति बनाउन ‘वार रुम’ मा उच्च सैन्य अधिकारीसँग झण्डै दुईघण्टा छलफल गरेका छन् ।

भारतीय रक्षा मन्त्रालय ‘साउथ ब्लक’स्थित वार रुममा मोदीलाई पाकिस्तानी सैन्य अखडाहरुको नक्सा देखाएर भारतीय सेनाका तर्फबाट गरिने कारवाहीको रुपरेखा चित्रित गरिएको बताइन्छ ।

मोदीले दुई दिनअघि वार रुपमा भारतीय सेनाका उच्च अधिकारीसहित, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल लगायतका अधिकारीहरुको राय र रणनीतिबारे छलफल गरेको बताइएको छ ।

भारत र पाकिस्तान परम्परागत रुपमा ‘शत्रु’ रहँदै आएका छन् । दुबै मुलुकबीच यसअघि पनि युद्ध भइसकेको छ ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us