Friday, 23 September 2016

मध्यरातमा रेडियो धादिङमा आतंककारी शैलीमा हमला

धादिङ । धादिङ जिल्लाको सदरमुकाम धादिङबेसीबाट प्रसारित रेडियो धादिङ १०६ मेघाहर्जको भवन मध्यरातमा डोजर लगाएर भत्काईएको छ । जिल्ला वन कार्यालयले धादिङले शुक्रबार बिहान ४ बजेर २० मिनेटमा दुई वटा डोजर लगाएर सामुदायिक रेडियो धादिङ १०६ मेघाहर्जको स्टेसन भत्काएको छ ।

स्टेसन भवन, उपकरणसँगै रेडियोमा बसेका चार कर्मचारीले आफ्नो लत्ताकपडा, मोबाइल, ल्यापटप पनि निकाल्न पाएनन् भने डिएफओ इमनाथ पौडेलबाटै उनीहरुमाथि अपशब्द, दुर्व्यवहार भयो । झन्डै एककरोड रुपैयाँ क्षतिसँगै एउटा स्वतन्त्र सञ्चारसंस्थाको अस्तित्व मटियामेट गराउने काममा धादिङको वन कार्यालय लागेपछि यतिखेर धादिङमा यसलाई राजनीतिक इगोको बदला लिइएको भनेर परिभाषित पनि गरिएको छ ।

जिल्ला वन कार्यालय धादिङकले सुरक्षाफौजको साथ लिएर मध्यरातमा रेडियो धादिङको भवनमा डोजर लगाएर भवन भत्काएको हो । जिल्ला वन प्रमुख इमनाथ पौडेलको नेतृत्वमा वन रक्षकहरु र ठूलो संख्यामा पुगेका प्रहरी टोलीले रेडियो भित्र सुतेका पत्रकारहरुलाई दुव्र्यवहार गर्दै लुगा समेत लगाउन नदिई बाहिर निकालेर रेडियोमाथि आक्रमण गरेको हो ।

राती ४ बजे ठूलो संख्यामा प्रहरीसहित दुईवटा डोजर लिई वन अधिकृत रेडियोको भवन पुगेका थिए । जिल्ला वन प्रमुख पौडेल शसस्त्र वन रक्षक सहित रेडियोभित्र प्रवेश गरी सुतिरहेका रेडियोकर्मीहरुलाई कपडा समेत लगाउन नदिई लछारपछार गर्दै बाहिर निकालेर रेडियोमा तोडफोड गर्न सुरु गरेको पिडित पत्रकारहरुले वताएका छन । रेडियो भित्र प्रवेश गरेका पौडेल आफैँले रेडियोकर्मीहरुलाई धम्की दिँदै पत्रकारहरु शंकर श्रेष्ठ, खेमबहादुर चेपाङ, सौगात लम्साल र प्राविधिक रोमबहादुर श्रेष्ठलाई हातपात गर्दै दुरव्यवहार गरेका थिए ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us