एजेन्सी । इन्डोनेशियाको एउटा जातीमा अनौठो खालको परम्परा रहेको छ । उनीहरु बिवाह गरेका दुलाहा दुलहीलाई बिवाह पश्चात तीन दिनसम्म शौचालय जान दिँदैनन । इन्डोनेशियाको टिडान्ग जातीमा अहिलेसम्म पनि यो संस्कार व्याप्त रहेको छ ।
यदि विवाह गरेको दुलाहा दुलही तीन दिनभित्रै शौचालय गएमा उनीहरुको सम्वन्ध लामो समय टिक्दैन भन्ने मान्यताले जरो गाडेको छ । साथै यदि दुलाहा दुलहीले शौचालय प्रयोग गरेमा उनीहरुमा अरुको आँखा लाग्ने र उनीहरुको सम्वन्ध समेत लामो समय नटिक्ने जनविश्वास रहिआएको छ ।
त्यसैले उनीहरुले दुलाहा दुलहीलाई यस अवधिमा खानेकुरा समेत कम खुवाएर राख्ने गर्दछन् ।