काठमाडौं । नायिका नीता ढुंगानाले प्रेम सम्बन्धमा रहेका बेलाका ब्यवहार र ब्रेकअपपछि अवस्थाबारे मार्मिक अनुभवहरु सेयर गरेकी छिन् ।
हालैमात्र नायक आमेष भण्डारीसँग ब्रेकअप ब्यहोरेकी नायिका ढुंगानाले मार्मिक रुपमा प्रेममा रहँदा हुने क्रियाकलाप र तिनले दिने खुशीका बारेमा फेसबुकमा स्टाटसमा लेखेकी छिन् । साथै, उनले ब्रेकअपपछि विकट अवस्थाका बारेमा पनि उल्लेख गरेकी छिन् ।
लामो स्टाटस लेखेकी उनले प्रेममा रहँदा झगडा गर्नु र फेरि मिल्नु सामान्य भएको बताएकी छिन् । तन्नेरी युवाको प्रेम स्वभावका सबै भावहरु उनको स्टाटसमा झल्किन्छन् । जसमा उनीहरुले बोल्ने भाषा, गर्ने ब्यवहारलाई पनि उनले मनछुने किसिमले उतारेकी छिन् ।
एउटा साँचो प्रेममा ब्रेकअपपछि हुने आशा र पूर्व प्रेमीको खुशीका लागि गरिने कामना पनि उनको फेसबुकमा स्टाटसमा छ ।
हेर्नोस उनले लेखेको भावुक स्टाटस