Tuesday, 20 September 2016

नेपाल देश नेपालीले नै चलाउँछन्, अरुको आवश्यकता पर्दैन : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको संविधान अरुका एजेन्डाका लागि संशोधन हुन नसक्ने बताएका छन् । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले  संविधान संशोधन नेपाली जनतालाई मान्य र स्वीकार्य हुने खालको हुनुपर्ने धारणा राखे ।

उनले संविधान अनेकथरिसँग सम्झौता गरेर बनाइएकाले अहिले केहीले देशभित्र र बाहिर संविधान संशोधन र स्वीकार्य भन्ने शब्द चटकी र षड्यन्त्रपूर्वकरुपमा उठाइरहेको बताए ।

उनले अरुको एजेन्डामा संविधान संशोधन गर्ने प्रयास भइरहेको बताउँदै त्यसलाई नेपाली जनताले स्वीकार नगर्ने उल्लेख गरे ।

‘जहाँसुकै सम्झौता होस्, जुनसुकैसँग होस् तर नेपाली जनताले राष्ट्रिय हितका लागि काम गर्छन्’–उनले भने–‘हामी त्यस्ता जुनसुकै ठाउँमा नेपालको हितविपरीत जोसँग सम्झौता गरेपनि कार्यान्वयन हुन दिने छैनौं ।’

अध्यक्ष ओलीले नेपाल देश नेपालीले नै चलाउने बताउँदै अरुको आवश्यकता नपर्ने जिकिर गरे ।उनले अहिलेको सरकारले अर्काको एजेन्डाको भारी बोकेको र राजनीतिकरुपमा द्वन्द्व र भिडन्तमा देशलाई लैजान खोजेको आरोप लगाए ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us