Friday, 2 September 2016

भारतीय प्रधानमन्त्री मोदीलाई पाकिस्तानी सेना प्रमुखको धम्की, देशको दुश्मन चिनेका छौँ, लड्न तयार

काठमाडौं । पाकिस्तानी आर्मी चिफ जनरल राहिल शरीफले देशको दुश्मन राम्रोसंग चिनेको र दुश्मनको चालसंग लड्न तयार रहेको बताएका छन्। बिहिबार चीन पाकिस्तान करिडोर हेर्न गिलगित आएका शरीफले यस्तो बताएका हुन।

पाकिस्तानी पत्रिका ‘द डन’ को अनुसार, राहिल शरीफलाई मिडियाले नरेन्द्र मोदीको बयार र रअको बारेमा प्रश्न गरेका थिए। मिडियालाई जवाफ दिदैँ शरीफले भारतको नामै नलिइ दुश्मन चिनेको र लड्न तयार रहेको बताएका हुन।

देशको सीमा सुरक्षित रहेको बताउँदै नागरिकको विश्वास जित्न चीनले विकासको लागि यो इलाकामा काम गर्दै रहेको शरीफले बताए। शरीफले गिलगित बाल्टिस्थानका जनताले पाकिस्तानी सेनालाई नै आफ्नो सेना मान्नु पर्ने समेत बताएका छन्।

बलूचिस्तानका एक नेताले राहिलको बयानमा टिप्पणी गर्दै भनेका छन्, ‘यतिका दिन पश्चात पाकिस्तानका सेना प्रमुख गिलगित बाल्टिस्तान जानु र त्यहाँ यो प्रकारले कुरा गर्नुले धेरै कुरा बताउँछ।’

उनले भने, ‘मोदीको १५ अगस्तको भाषण पश्चात हामीलाई चिन्ता लागेको थियो कि पाकिस्तानी आर्मी किन चुप छ। अब लाग्छ कि मोदीको निशाना सहि स्थानमा लागेछ। उनी पाकिस्तान आर्मीलाई नै सन्देश दिन चाहन्थे।’

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us