Saturday, 10 September 2016

पर्वतमा जिप दुर्घटना, तीन जनाको मृत्यु

फलेवास । पर्वतमा भएको जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य सात जना घाइते भएका छन्।  पर्वतकै शालिजा गाविसको ठोट्नेरीबाट धाइरिङ गाविसस्थित मिलनचोक आउँदै गरेको ग १ ज ५१०२ नम्बरको जिप शनिवार दिउँसो धाइरिङ गाविस– ३ धारापानीमा दुर्घटना हुँदा तीन जना महिलाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक शेखर खनालले जानकारी दिए।

दुर्घटनामा परि  म्याग्दी ज्यामरुकोट गाविस ३ की ५० वर्षीया राममाया दमाइको घटनास्थलमै र कास्की रिभान– ९ की ३० वर्षीया डिलकुमारी बुढाथोकी र सोही ठाउँकी ६० वर्षीया हरिमाया पुनको म्याग्दी जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको खनालले बताए।


दुर्घटनामा गम्भीर घाइते भएकी कास्की रिभान– ९ की १४ वर्षीया अमृता पुनलाई थप उपचारका लागि पोखरा पठाइएको छ। अन्य सातजना घाइतेको भने जिल्ला अस्पताल म्याग्दीमा उपचार भइरहेको छ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us