Thursday, 1 September 2016

न्यूजिल्याण्डमा शक्तिशाली भूकम्प, क्षतिको विवरण आउन बाँकी

काठमाडौं । न्यूजिल्याण्डमा शक्तिशाली भूकम्प गएको छ । शुक्रबार बिहान गिस्वार्नबाट उत्तर पूर्व १६९ किलोमिटर पर केन्द्रबिन्दू रहेको ७ं.१ रेक्टर स्केलको भूकम्प मापन गरिएको हो । नागरिक सुरक्षा अधिकारीहरुले तोलोगा बे क्षेत्रबाट मानिसलाई सुरक्षित स्थानमा जानको लागि आग्रह गरेका छन्

भूकम्पपछि सुनामीको खतरा रहेको रेडियो न्यूजिल्याण्डले  जनाएको छ । तर सुनामी चेतावनी केन्द्रले भने समुन्द्रमा २१ सेन्टिमिटर उचाईमा मात्रै छाल आएको पाइएकोले खतरा नरहेको जनाएको छ ।
भूकम्पपछिको क्षतिको विवरण आएको छैन ।सन् २०११ मा दक्षिणी तटको क्राइस्टचर्च शहरमा गएको भूकम्पमा एक सय ८५ जनाको ज्यान गएको थियो ।
न्यूजिल्याण्डमा वर्षेनी १५ हजार पटक भूकम्प जाने गरेको र त्यसमा झण्डै एक सय ५० वटा शक्तिशाली  हुने गरेको अधिकारीले बताएका छन् ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us