Saturday, 3 September 2016

तीज मनाउन पाहुना आएका पहिरोमा परे, चारको मृत्यु

काठमाडौं । स्याङ्जाको क्वरेभन्ज्याङ्ग ७ उपल्लो ताप्केमा शनिबार राति २ बजे पहिरो जाँदा चार जनाको पुरिएर मृत्यु भएको छ ।

घर माथिबाट नै अचानक ठूलो पहिरो खस्दा सोही ठाँउकी ७८ वर्षीया चन्द्रकला सारु मगरको मृत्यु भएको हो भने उनको घरमा तीज मनाउन आएका मल्याङ्गकोट ८ दार्सिङकी ३२ वर्षीया हुमकुमारी मस्याङदी, हुमकुमारीको छोरी ७ वर्षीया पुनम र ६ वर्षीय छोरा सुजनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी देवबहादुर बोगटीले बताए ।

बोगटीका अनुसार घटनास्थलमा प्रहरी र गाँउलेहरुले उद्दार गरिरहेका छन् । बृद्ध सारुको पहिरोबाट उद्दार गरिएको छ भने अन्यको उद्दार कार्य बाँकी नै रहेको उनले बताए ।



About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us